काठमाडौँ, १५ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार ५ सय रुपैयाँ घुससहित मोरङको बख्री बोर्डर आउट पोष्टमा कार्यरत एक जना सशस्त्र प्रहरीका जवानलाई पक्राऊ गरेको छ ।
भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका-११ बसपार्क स्थित न्यू अप्सरा गेष्ट हाउसबाट सशस्त्र प्रहरीका जवान सचित नारायण विश्वासलाई पक्राऊ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्