राजनीति

मुख्यमन्त्री राईद्वारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना



विराटनगर, १५ पौष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त जारी सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन् । हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्त्वपूर्ण पूँजी हो ।’

मुख्यमन्त्रीले जारी गर्नुभएको सन्देशमा भनिएको छ, ‘यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु ।’