समाचार

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु



तनहुँ, १५ पौष । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

सोमबार शुक्लागण्डकी नगरपालिएकका-३ रातमाटामा २२ महिनाका बालक रविन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको थियो ।

यसैबीच डिभिजन वन कार्यालय तनहुँले सोमबार नै पीडित परिवारलाई किरिया खर्चवापत रु ५० हजार राहत उपलब्ध गराएको छ ।