विश्व

अस्ट्रेलियामा डढेलो नियन्त्रणमा खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु



एजेन्सी, १६ पौष । अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणका लागि खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको छ।

आइतबार न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा खटिएका स्वयमसेवी अग्निनियन्त्रक २८ वर्षका सामुएल म्याकपउलको घटनास्थलमै मृत्यु भएको न्यू साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण सेवा (आरएफएस) ले बताएको छ ।

शक्तिशाली हावा चलेका कारण अप्रत्यासित रुपमा ती अग्निनियन्त्रक डढेलोमा परेको आरएफएसले जनाएको छ ।