भक्तपुर, १६ पौष । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को भक्तपुर र काभ्रे जिल्लाको संगम स्थल नगरकोटबाट भव्य शुभारम्भ गरिएको छ ।
जिल्ला समन्यव समिति भक्तपुर तथा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार तथा नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतसहितको विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।
मन्त्री विश्वकर्माद्वारा आज विहान ६ बजे झंड़ोतोलन गरी शुभारम्भ गर्नु भएको थियो । उक्त अवसरमा सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ, नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा लगायतको उपस्थिति रहेको थियो ।
सरकारले यो वर्ष २० लाख पर्यटक भित्र्याउने योजनाका साथ आजबाट भ्रमण वर्ष २०२० को शुभारम्भ भएको हो । यसै क्रममा आज ३ बजे दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारीक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्