राजनीति

यस कारण बोलायो नेकपाले सचिवालय बैठकः यस्ता छन ऐजेण्डा



काठमाडौ, १६ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालयको बैठक बोलाएको छ ।
पार्टीका महासचिव विष्णु पौडेलका अनुसार सचिवालयको बैठक पुस १७ गते ४ बजे बस्ने भएको छ । त्यस्तै उहाँकै अनुसार बैठकले सभामुख र आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय बताइएको छ ।

मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति जुट्न सेकेको थिएन ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यहि पुस २० गते बिहान १० बजेदेखि ३ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनका लागि आयोगले पुस १५ गते सातै प्रदेशमा निर्वाचन कार्यलय स्थापना गरेको जनाएको छ । माघ ९ गते राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुदैछ ।
प्रदेश ३ को राजधानी हेटौडा कुनै हालतमा नस्वीकार्ने बताएका सांसदहरुले प्रदेश सभामा मतदानमार्फत् राजधानी टुङ्ग्याउने जनाएका छन् ।