सुर्खेत, १६ पौष । सुर्खेतमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ ।
जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए ।
प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ । यद्यपि, घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्