काठमाडौँ, १७ पौष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माघ पहिलो सातासम्म उखु किसानलाई तिर्न बाँकी रकम भुक्तानी गर्न चिनी मिल सञ्चालकलाई निर्देशन दिनुभएको छ ।
सात वर्षदेखिको उखुको मूल्य नपाएको भन्दै आन्दोलन गर्न काठमाडौँमा आएका उखु किसानसँग मन्त्रालयमा बुधबार भएको वार्तामा मन्त्री भट्टले मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत र माघको पहिलो साताभित्र सवै रकम तिर्न निर्देशन दिनुभएको हो ।
वार्तामा मन्त्री भट्टले भन्नुभयो, ‘महालक्ष्मी सुगर मिल्सले त पुस २५ मै सबै पैसा तिर्छु भनेको छ । सरकारको निर्देशन नमान्नेलाई कारबाही हुन्छ ।’
एक जना मिल सञ्चालकको मृत्यु भइसकेकाले उहाँको सम्पत्ति रोक्का गरेर भए पनि किसानलाई पैसा दिलाउने कार्यविधि बनाउन लागिएको भट्टको भनाइ छ । तर उखु किसानहरु मन्त्रीको भनाईप्रति आश्वस्त हुन नसकेको बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्