काठमाडौँ, १७ पौष । छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएपछि एक जना पक्राउ परेका छन् ।
काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत, काठमाडौँले म्याद दिएसँगै प्रहरीले एक साता उनलाई हिरासतमा राखेर कसूरमाथि अनुसन्धान गर्ने बताईएको छ ।










प्रतिक्रिया दिनुहोस्