काठमाडौँ, १९ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय पक्राउ परेका छन् । युएइको शारजाहबाट काठमाडौं ओर्लेका दुई यात्रुको साथबाट सुन बरामद भएको हो ।
नविन गोपिचन्द र सुरेशलाल भारतको साथबाट एक/एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ। एक जनाले मलद्वारमा ३ वटा डल्लो अर्थात एक किलो सुन हालेर ल्याएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सिनामंगलस्थित केएमसी अस्पताल लगेर एक्सरे गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्