काठमाडौँ, १९ पौष । शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।
शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने उहाँले बताउनुभयो । यो प्रणाली कमजोर हुँदै गएर बेलुकीदेखि भने पानी पर्न रोकिनेछ । तर फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्ण रुपमा खुल्ने संभावना भने नदेखिएको मौसमविद् मानन्धरले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्