काठमाडौँ, १९ पौष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला राजा महाराजाहरू देशभक्त नभएको आरोप बताएका छन् ।
काठमाडौँमा अन्नपूर्ण काठमाडौँ समाजले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन् ।
उनले भने, ‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन् । ‘अग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली हतियारकै माध्यमबाट ५०र६० जनाले घुँडा टेकाएका थिए । तर, त्यस्तो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजे ।’
नेपाली वीर गोर्खालीको सन्तानले देशको लागि गरेको वीरता चानुचुने नभएको बताउदै उनले भने, ‘देशको वीरताको रूपमा परिचित स्थानहरुको उनीहरूले बेवास्ता गरेका थिए । त्यसलाई अहिले हामीले पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेर विकासको काम थालेका छौँ ।’
राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको जनाउदै उनले भने, ‘हामीहरुसँग परम्परागत संरचनामा बानी परेको छ । त्यसबाट पछि हट्न समय लागेको देखिन्छ ।’
आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको बताउदै भने, ‘अब मेरो पूरै जीवन समृद्ध नेपाल निर्माणमा लाग्नेछ, ‘देशले अहिले विकास निर्माणमा कोल्टे फेर्ने विश्वास लिएको छु ।’ अहिलेको सरकारले समृद्ध नेपाल निर्माणको लागि नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको बताए ।










प्रतिक्रिया दिनुहोस्