राजनीति

नेकपा प्रदेश नं. ३ को संसदीय दलको बैठक : पार्टी सचिवालयको विरोध



हेटौंडा, २० पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलमा नेताहरुले प्रदेशको नाम र राजधानीको विषयमा तल्लो तहसँग छलफल नै नगरी पार्टी सचिवालयले तोकेको भन्दै विरोध गरेका छन् ।

शुक्रबारबाट सूरु भएको बैठकमा सांसदहरुले प्रदेशसभाबाट टुङ्ग्याउनुपर्ने बिषयलाई पार्टी सचिवालयले गरेर केन्द्रीयता लादेको बताए । प्रदेशको राजधानी हेटौंडा भुगोलको हिसाबले अपायक ठाउँ भएको समेत कतिपयले बताएका छन् ।

मकवानपरुका साथै काठमाडौ र सिन्धुलीका केही सांसदले भने अस्थायी रुपमा कायम भएको भएपनि धेरै संरचना निर्माण भएकाले हेटौंडाको विकल्प खोज्न नहुनेमा जोड थियो । पहिलो दिन २३ जनाले बोलेको र बैठक भोलिसम्म चल्ने बताइएको छ ।