राजनीति

खरका छाना विस्थापित गरी जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा : मन्त्री अर्याल



स्याङ्जा, २० पौष । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।

सुरक्षित जनता आवास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मन्त्री अर्यालले भन्नुभयो, “सरकार सन् २०३० सम्म गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवास कार्यक्रम कार्यान्वयनमा आएको हो ।”

जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पाँच पालिकाका २५० खरका छाना विस्थापित गरेर जस्तापाला लगाइने जनाइएको छ ।