राजनीति

संघीय कार्यालयको पनि अवस्था उस्तै : रोकिएन घुस असुल्ने क्रम



काठमाडौँ, २० पौष । संघीय सरकारका विभिन्न निकायमा पनि सेवा प्रवाह गर्दा घुस असुल्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । सेवा प्रवाहका नाममा सरकारी कार्यालयका कर्मचारीले सर्वसाधारणसँग घुस असुल्ने क्रम अहिले पनि यथावत् रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारले गरेको अध्ययनअनुसार संघीय सरकारअन्तर्गत रहेका विभिन्न सरकारी कार्यालय भ्रष्टाचारको उच्च जोखिममा रहेका छन् । ती कार्यालयमा कर्मचारीले खुलेयाम घुस असुली गर्दा अख्तियारको स्टिङ अप्रेसनको फन्दामा समेत पर्दै आइरहेका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै अख्तियारले संघीय सरकारका विभिन्न कार्यालयमा गरेको स्टिङ अप्रेसनमा १ सय ६५ जना कर्मचारी पक्राउ परेका थिए । पक्राउ पर्नेमा भने खरिदार र सुव्वा स्तरका कर्मचारी बढि छन् । ठुला तहका कर्मचारलाई स्टीङले छुन सकेको छैन् ।

अख्तियारको सर्वेक्षणअनुसार मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालयमा अहिले पनि सेवा लिने क्रममा सर्वसाधारणले घुस खुवाउनु पर्ने बाध्यता छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।