राजनीति

देउवाविरुद्व पौडल–सिटौला पक्षीय जिल्ला सभापति सानेपामा



काठमाडौँ, २१ पौध  । नेपाली काँग्रेस संस्थापन इतर पक्ष निकट जिल्ला सभापतिको भेला हुँदैछ ।

सोमबार दिउँसो १२ बजे पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलले भेलाको उद्घाटन गर्दैछन् । जसमा काँग्रेसको तेस्रो ध्रुव कृष्णप्रसाद सिटौलासँग निकट जिल्ला सभापतिको पनि भेलामा उपस्थिति रहने छ ।

संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय लिएपछि इतर पक्षले जिल्ला सभापतिको भेला बोलाएको हो ।