काठमाडौँ, २३ पौष । आज काठमाडौँ लगायत देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको र आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ ।आज राति देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।










प्रतिक्रिया दिनुहोस्