काठमाडौँ, २४ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भजन, मिसन र पार्टी पत्रकारिताबाट माथि उठेर समृद्ध नेपालको अभियानमा जुट्न पत्रकारिता क्षेत्रलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघको भक्तपुर शाखाको २३ औं स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री बाँस्कोटाले भने, ‘म पनि लामो समयसम्म पत्रकारिता गरेको व्यक्ति भएकाले पत्रकारको समस्या मैले राम्रोसँग बुझेको छु ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।










प्रतिक्रिया दिनुहोस्