काठमाडौँ, २४ पौष । प्रहरीले मकवानपुर र धादिङबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट १० किलो १ सय ८० ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले बीआर ०१ सीएम् ६२४६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा कारको डिकीभित्रबाट उक्त गाँजा बरामद भएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन ।
यस्तै धादिङको थाक्रे गाउँपालिका-७ हाप्सेचौरस्थित त्रिभुवन राजपथबाट चरेससहित एक जना पक्राउ परेका छन् । बुधबार करिब ४ सय ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका-६ बस्ने १७ वर्षीय अनिष मिजार पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.२ ख ४९७२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा हातेझोलाभित्र लुएकार ल्याउँदै गरेको अवस्थामा उनी चरेससहित पक्राउ परेका हुन् ।
पक्राऊ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्