राजनीति

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै



काठमाडौँ, २५ पौष । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार आज अन्तिम नामावली प्रकाशन हुँदै छ ।

आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।