रौतहट, २५ पौष । रौतहटमा ट्याक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ ।
बिहीबार राति कटहरिया नगरपालिका-९ डुमरियामा ना १ त ४१४० नम्बरको ट्याक्टरले किचेर अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहित चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्