काठमाडौँ, २५ पौष । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगका अनुसार यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् ।
सबै उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको छ । सैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगको स्वीकृत भएको कार्यतालिकाअनुसार,
प्रदेश १ को मोरङ जिल्लाको विराटनगर
प्रदेश २ को धनुषा जिल्लाको जनकपुर
प्रदेश ३ को ललितपुर जिल्लाको ललितपुर
गण्डकी प्रदेशको पोखरा
प्रदेश ५ को दाङ जिल्लाको घोराही
कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढी
निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २५ गते बिहान १०ः०० बजेदेखि दिनको १ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । त्यस्तै पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्