समाचार

एक युवकको शव फेला



वीरगञ्ज, २६पौष । वीरगञ्जमा पानीमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

शुक्रबार दिउँसो वीरगञ्ज-१५ भिश्वामा अन्दाजी २९/३० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।

युवकको शरीरमा कुनै किसिमको चोटपटक र निल डाम नदेखिएको र पोष्टमार्टमपछि मात्रै मृत्युको कारण थाहा हुने प्रहरीको भनाइ छ । शव पोष्टमार्टका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

भिश्वाबाट नेशनल मेडिकल जाने बाटो छेउको खाली जग्गामा दिउँसो साढे दुई बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही दिन अघिदेखि नै पानीमा शव रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।