राजनीति

सके सहयोग गर्नुस्, नसके अवरोध नगर्नुस् : मन्त्री मगर



कञ्चनपुर, २७ पौष । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकार जनचाहना अनुसार तिव्र गतिमा विकास निर्माणमा अघि बढेको उल्लेख गर्दै मुलुकभर भइरहेको सवै प्रकारको विकासमा सके सहयोग, नसके अवरोध नगर्न आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको बेलौरीमा आयोजित ‘ड्वासर माघ म्याला’को उद्घाटन गर्नुहुँदै मन्त्री मगरले विकास निर्माणका कार्यमा सबैको सहकार्य भएमा मात्रै समग्र समाजको विकास सम्भव हुने बताउनुभयो । उहाँले प्रतिपक्षी नेपाली काँगेसका नेता तथा कार्यकर्तालाई विकासका कार्यमा अवरोध सिर्जना नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “विकास निर्माणका कार्यमा सके सहयोग गर्नोस । त्यो गर्न नसके अबरोध नगरिदिनुस् । विकासमा अवरोध गर्नेहरुले नियोजित रुपमा प्रचार गरेर बदनाम गराउन खोजेको छन् ।”