समाचार

प्रहरी हबल्दारले गरे आत्महत्या



जाजरकोट, २७ पौष । जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।

आइतबार बिहान ७ बजेतिर बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले  आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत थिए ।

घुमुवा प्रहरीको रुपमा कार्यरत ३५ वर्षीय कठायतले किन आत्महत्या गरे भन्नेबारे केही खुलेको छैन । घटनाबारे छानविन गर्न टोली परिचालन गरेको प्रहरीले जनाएको छ ।