समाचार

काठमाडौँको बौद्धमा गोली चल्यो



काठमाडौँ, २८ पौष । काठमाडौँको बौद्धमा गोली चलेको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग गुण्डा विष्णु लामा जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले जनाएको छ ।

सिंहका अनुसार गुण्डा लामा भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको र हाल उनलाई वीर हस्पिटल पठाइएको सिंहले बताए । प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।

त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।