काठमाडौँ, २९ पौष । आज काठमाडौँ लगायात देशभर चिसो बढेको छ ।
देशका पश्चिमी भूभागमा आज सामान्य बदली भई अन्य पहाडी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ३.६ र अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस मापन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्