समाचार

नापी सर्वेक्षक घुससहित पक्राउ



विराटनगर, २९ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्वेक्षकलाई घुससहित पक्राउ गरेको छ ।

आयोगले नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । घुस मागेको सूचना पाएपछि पछ्याउदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । साहलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।