काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पमकल दाहालले आन्दोलन, संघर्ष र क्रान्ति भन्ने कुरा ठुलो पहाड चढेजस्तै रहेको बताएका छन् ।
काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । उनले द्वन्द्व र संघर्षलाई सगरमाथा चढाइसँग तुलना गर्दै भने, ‘अहिलेसम्म कसैले नचढेको ठुलो पहाड चढेजस्तै हो यो । र पहाड चढ्दा तपाईहरुले थाहा पाउनुभएको छ ? सगरमाथा चढ्दा सिधै अगाडि बढ्न सक्नुहुन्न । कहिले दायाँ त कहिले बायाँ फर्कनुपर्छ । त्यतिमात्रै होइन कहिले तल झरेजस्तो गर्नुपर्छ कहिले माथि गएजस्तो र चौतारीमा विसाउने पनि गर्नुपर्छ, ‘यो कुरा नबुझिकन आरोपित गर्नेतिर लाग्नुभयो भने भलो गर्दैन, ।
उनले आफूले संविधान बनाउने बेलामा पार्टीको अध्यक्षको हैसियतले ‘आदिवासी, दलित, महिला, मुस्लिमलगायतलाई यति संविधानले पुग्दैन, थप अधिकार’ आवश्यक छ भनेर संविधानसभामा नै रिर्जर्भेसन राख्ने पार्टी र आफू रहेको हेक्का राख्न आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्