काठमाडौँ, ४ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा टुंग्याउन दुई बुँदे समझदारी भएको छ ।
लगातार भएको छलफलपछि आज सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन र नियुक्तिका लागि दुई बुँदे सहमति गर्ने सहमति भएको हो ।
बैठकमा दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको बताइएको छ । सिफारिस कमिटीको बैठक पनि आजै बस्ने बताइएको छ । सिफरिस कमिटीले पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम पारित गर्ने सहमति भएको छ ।
पीडितका सुझाव समेटेर विधेयक पारित गर्ने सत्तारुढ र प्रतिपक्षबीच सहमति भएको हो ।










प्रतिक्रिया दिनुहोस्