एजेन्सी, ४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खमेनिईलाई आफ्नो भाषामा सतर्क रहन चेतावनी दिएका छन् ।
ट्रम्पले शुक्रबार ट्वीट गर्दै लेखेका छन्, ‘इरानका तथाकथित ‘सर्वोच्च नेता’ जो हिजोआज सर्वोच्च रहेनन्, उनले अमेरिका र युरोपको बारेमा केही तल्लोस्तरको कुरा भनेका छन् । उनको देशको अर्थव्यवस्था बिग्रिरहेको छ, उनका जनता दुःख पाइरहेका छन् यसमा उनले आफ्नो बोलीबचनमा होस पु¥याउनुपर्छ ।’
आफ्नो भाषणमा खमेनीईले युक्रेनमा यात्रु विमान ‘गलती’ले खसाएकोमा आफ्नो सेनाको प्रतिरक्षा गरेका थिए । उनले भने, ‘यो दुर्घटनाबाट हामी दुःखी भइरहदाँ हाम्रा शत्रु निक्कै खुसी छन् । तिनको खुसी रिभोलुसनरी गार्ड र हाम्रो सेनामाथि प्रश्न उठाउन ठाँउ पाएकोमा हो ।’
शत्रु भनेर खमेनीईले अमेरिका र उसको मित्र देशतर्फ संकेत गरेका थिए । अमेरिकाले केही अघि इरानका शिर्ष सैन्य कमाण्डरको हत्या गरेपछि दुई देशबीच तनाव बढेको छ ।










प्रतिक्रिया दिनुहोस्