काठमाडौँ, ५ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा रहेको बताएका छन् ।
आज कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपालका हिमाल सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभरी दिनुपर्ने बताए ।
उनले भने, ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडी बढाउनुपर्छ ।’
नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको बताउदै उनले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्