Banner News

ओली र प्रचण्डबीच छलफल सकियो, सचिवालय बैठक ४ बजे



काठमाडौँ, ५ माघ । प्रतिनिधि सभाको सभामुखको उम्मेदवार छान्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ ।

दुई अध्यक्षबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बिहान झन्डै २ घन्टा बढी एक्लाएक्लै भेट भएको थियो । उनीहरूको भेट सकिएपछि नेकपाले सचिवालय बैठक डाकेको छ। बालुवाटार स्रोतका अनुसार साँझ ४ बजेका लागि सचिवालय बैठक डाकिएको हो ।

दुई अध्यक्षबीच पछिल्ला दिन भएका छलफलहरु सकारात्मक हुँदै गएको दुई अध्यक्ष निकट नेताहरुको दाबी छ ।