काठमाडौँ, ५ माघ । आफ्नो एक साता लामो भ्रमणका लागि बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् ।
राजकुमारी अस्त्रिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।
राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते फर्कनेछिन् ।










प्रतिक्रिया दिनुहोस्