जनकपुर, ५ माघ । जनकपुरधामबाट चिनियाँ पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।
शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानु चोकबाट धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं ५ का ३० वर्षीय कुमोद नारायण झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि प्रहरी टोली दुर्घटना स्थलमा पुगेको थियो । शंका लागेर कारमा चेक गर्ने क्रममा डिक्की भित्र राखिएको ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्यगजिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्