समाचार

विमानस्थलमा दुई जहाज ठोक्कियो



काठमाडौँ, ६ माघ । सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।

बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको विमानस्थल प्रहरीले जनाएको छ । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।

ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो ।