समाचार

धरान उपमहानगरमा आज सार्वजनिक बिदा



काठमाडौँ, ७  माघ । धरान उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिने भएको छ ।

पूर्वमेयर ध्यानबहादुर राकोई शोकमा मंगलबार बिदा घोषणा गरेको हो । नगर कार्यपालिका मातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

२०४९ सालमा धरानको मेयर बनेका राईको उपचारका क्रममा सोमबार निधन भएको हो । ६० वर्षीय राई क्यान्सरका बिरामी थिए ।