समाचार

आजको राशिफल



आज २०७६ साल माघ ७ गते मंगलबार, माघ कृष्ण पक्ष द्वादशी

 मेष (चुचेचोलालिलुलेलोअ)

आज महत्व्तपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता वढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भए पनि मायाँ एवं समझदारीको कार्यमा भने कायम रहनेछ ।

वृष (इवाविवुवेवो)

अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीरपनि स्वस्थ रहनेछ ।

प्यारोसाथी संग भेट होला ।

मिथुन (काकिकुकेकोहा)

शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कन्या (टोपापिपुपेपो)

आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धन खर्च बढ्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आकस्मिक धन लाभ हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागीता भइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मीन (दिदुदेदोचाचि)

इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

साभारः हाम्रो पात्रोबाट