समाचार

चरेससहित वडा सदस्य पक्राउ



बाजुरा, ७ माघ । बाजुराको बडिमालिका नगरपालिका ९ गैरी बजारमा डेढकिलो चरेससहित एक वडा सदस्य र अन्य एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले साेमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । बडिमालिका नगरपालिका ३ रजालीका वडा सदस्य ४० वर्षीय श्यामबहादुर खड्का र गौमूल गाउँपालिका १ घर भइ मार्तडीमा होटल व्यवसाय गर्दै आएका देवबहादुर रोकायालाई कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।