विश्व

यमनमा ८० सैनिक मारिए



एजेन्यसी, ७ माघ । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ८० सैनिक मारिएका छन् ।

मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ।

उक्त आक्रमणमा परी ८० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ भने अरु दर्जनौँ घाइते भएका छन् र ती मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।