समाचार

भक्तपुरबाट ९ जुवाडे पक्राउ



भक्तपुर, ७ माघ । भक्तपुरको दुई ठाउँबाट ९ जुवाडे पक्राउ परेका छन् ।

आइतबार दिउँसो सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक ताससहित श्रेष्ठलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी आइतबार राति भक्तपुर नगरपालिका-४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाबाट जुवातास खेलिरहेको अवस्थामा नगद ४२ हजार ८ सय २५ रुपैयाँ र ५ बुक तास सहित जोशी लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।