काठमाडौँ, ७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी आचार संहिता पूर्ण रुपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा तीनै तहका सरकारसँग अपिल गरेको छ ।
आयोगले निर्वाचनको मौन अवधि सुरु भइसकेकाले सो अवधिमा आचार संहिता विपरीतका काम कारबाही नगर्न तथा त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैसँग अपिल गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने काम हुने गरेको तर्फ संकेत गर्दै उनले वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस लगायत कुनैपनि विद्युतीय माध्यमको प्रयोग गरी मत माग्ने काम नगर्न पनि आग्रह गरे ।
आयोगले मौन अवधिमा आचार संहिताको पालना भएनभएको अनुगमन तथा सुपरिवेक्षण गर्न सबै जिल्ला निर्वाचन कार्यालय र सात वटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा मतदान सम्पन्न गर्न स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले गर्ने व्यवस्था मिलाएको छ ।
माघ ९ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।










प्रतिक्रिया दिनुहोस्