एजेन्सी, ८ माघ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आइतबार धुलोको मुस्लोसहितको आँधीका कारण केही शहरमा दिउँसै अँध्यारो भएको थियो । यसमा न्यू साउथ वेल्स आसपासका शहरमा धुलोयुक्त आँधीको थुप्रै भिडियो सोसल मिडियामा देख्न सकिन्छ ।
भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अबको केही दिनमा बाढी र तीब्र गतीको आँधी देख्न सकिने जानकारी दिएका छन् । भिक्टोरियामा आइतबार चेतावनी जारी गरिएको छ । यहाँको १४ स्थानमा डढेलो लागेको छ ।
पास्टोरियामा डढेलोका कारण मानिसहरुलाई ज्यानको खतरा थियो । यद्यपि, सोमबार बिहानसम्म यसमाथि थोरै नियन्त्रण आएको बताइएको छ । मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिल गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्