काठमाडौँ, ८ माघ । रुसको तोमस्क क्षेत्रको एक आवासीय भवनमा आगलागीमा परी कम्तीमा एघार जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनामा एघार जनाको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त आगलागीबाट अन्य दुई जना भाग्न सफल भएका थिए । आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्