समाचार

माेटरसाइकल पल्टिँदा एक जनाकाे मृत्यु



भक्तपुर, ९ माघ । भक्तपुरको चाँगुनारायणमा मोटरसाइकल पल्टिँदा एक जनाकाे मृत्यु भएकाे छ ।

बुधबार राति चाँगुनारायण नगरपालिका २ काे महाङ्कालमा बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का २० वर्षका गणेश वयलकोटीको मृत्यु भएको  प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि घाइते भएका वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।