भक्तपुर, ९ माघ । ‘सफा सहर, भक्तपुरवासीको रहर’ भन्ने मान्यतालाई आत्मसात गर्दै शुरू गरिएको हनुमन्ते नदी सफाई अभियानको गौरवमय १००औं हप्ता विशेष र भब्य रुपमा मनाइने भएको छ ।
हनुमन्ते नदी सफाई अभियानको आयोजनमा आगामी शनिवार विहान ७ः३० बजे राधेराधे चोकमा अभियानको गौरवमय १००औं हप्ताको अवसरमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख र पूर्बमन्त्री प्रतिनिधि सभा सदस्य महेश बस्नेतको विशेष उपस्थितिमा हरियाली प्रवर्द्वन एवम् सोलार बत्ती उद्घाटन हुने भएको छ ।
सांसद बस्नेतको अगुवाइई तथा पहलमा शुरु भएको ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको उक्त अभियानले १००औं हप्तासम्म आइपुग्दा नदि मात्र सफा गरेको छैन्, बाटो, मठ मन्दिर तथा पवित्र धार्मिक स्थलहरुको समेत सरसफाई गर्दै आएको छ ।
अभियानले सडक दुर्घटना न्युनिकरणका लागि जनचेतना जगाउने कार्यदेखि लिएर सडकमा सिसिटीभि क्यामेरा जडान र स्मार्ट डस्टबिन प्रयोग कसरी गर्ने भन्ने प्रशिक्षणसम्मको काम गरेको छ ।
जिल्लाको संस्कृति र सभ्यतासँग जोडिएको हनुमन्ते नदिलाई स्वच्छ, सफा र हराभरा बनाउने मात्र नभई भक्तपुरलाई देशकै नमुना, सफा र समृद्ध शहर बनाउने उद्देश्यका साथ सञ्चालन भइरहेको हनुमन्ते नदि सफाई अभियान सफल भएको पनि आयोजकले जनाएको छ ।
१००औं हप्ताको कार्यक्रम सम्पन्न गरेपश्चात उक्त अभियान स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको अभियन्ताले बताएका छन् । त्यस्तै महिनामा दुई पटक परिस्कृत तवरले सफाई अभियान सञ्चालन गर्ने योजनामा मध्यपुर थिमी नगरपालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्