राजनीति

आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन यस्तो व्यवस्था



काठमाडौँ, १० माघ । सरकारले आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन सहज हुने गरी ‘स्वचालित मार्ग’ को व्यवस्था गर्न लागेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत विभिन्न प्रकृतिका दुई दर्जन उद्योगमा स्वचालित मार्गको व्यवस्था गर्न लागिएको हो ।

मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेकोे छ । कानुनको रायसुझावपश्चात् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।

मस्यौदामा उद्योगका लागि निश्चित आकर्षक उद्योगमा विदेशी लगानीको उद्योग दर्तामा दुई तहको स्वीकृति लिनुपर्ने व्यवस्थालाई हटाएर एक चरणमा मात्र सीमित गर्न खोजिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।