काठमाडौँ, १० माघ । आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हाे । अहिले यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना पनि नदेखिएको बताएका छन् ।
सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने बताइएको छ । मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्नेछ ।
काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ । मौसमविद्हरुका अनुसार पानी पर्ने सम्भावना भने छैन । तर दिनभर घाम पनि नलाग्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्