काठमाडौँ, ११ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायहरूले मनाउने महान पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना दिएकी छन ।
राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन ।
तामाङ लगायत ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ-आफ्नै शैली र परम्परा अनुसार मनाउँदै आएका यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीकाे विश्वास छ ।
शुभकामना सन्देशमा भन्नुभएकाे छ, ‘सोनम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु । साथै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्