राजनीति

मुख्यमन्त्री पौडेलद्वारा सोनाम ल्होसारको शुभकामना



हेटौँडा, ११ माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन

मुख्यमन्त्री पौडेलले २८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै दिँदै तामाङ भाषामा ‘ल्होछारला ज्याबाडान्बा मुवा’अर्थात् नयाँ वर्ष (ल्होसार) को शुभकामना रहेको बताएका छन ।

जारी शुभकामना सन्देशमा भनिएको छ, ‘तामाङ जातिको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड ल्होसारको अवसरमा वाग्मती प्रदेश एवं सम्पूर्ण देशवासी तामाङ दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’